February 25, 2025, 6:20 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

अन्तिम श्रद्धाञ्जलीका लागि पीएल सिंहको पार्थिव शरीर सानेपा लगियो

पुस १, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं : काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि उनको निवास चाक्सीबारीबाट कांग्रेस केन्द्रीय कार्यालय सानेपामा लगिएको छ।

नेपाली कांग्रेसका नेता सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान उनको निवासमा राखिएको थियो। सिंहलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका नेता  तथा कार्यकर्ताहरू चाक्सीबारी पुगेका थिए। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह,उपमेयर सुनिता डंगोललगायतले पूर्वमेयर सिंहलाई श्रद्धाञ्जली दिएका छन्।

सिंह  २०४९ को स्थानीय तहको निर्वाचनमा काठमाडौंका मेयर निर्वाचित भएका थिए। उनको आज ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।  उनको निधनमा काठमाडौं महानगरले आज शोकबिदा दिएको छ।

सिंह पेटसम्बन्धी रोगबाट ग्रसित थिए। उनको आजै अन्त्येष्टि गरिने जनाएको छ।

प्रतिक्रिया