February 25, 2025, 6:15 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

ओलीलाई राजीनामा मागेको फोन रेकर्ड सार्वजनिक गर्न वामदेवको चुनौती

पुस १, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौं। राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो वदनाम गने कोशिस गरेको भन्दै आपत्ति जनाएका छन्।

केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले वामदेवले आफूलाई फोन गरेको र राजीनामा मागेको जिकिर गरेका थिए।  ओलीका अनुसार वामदेवले उनलाई स्वकीय सचिव राजेश बज्राचार्य भन्ठानेर कुरा गर्दै ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने बताएका थिए।

मदन भण्डारीको हत्या कांग्रेसले गरेको हो भनेर बोलिएको आफ्नो फेक अडिओको आधारमा वामदेवले राजीनामा मागेको ओलीको आरोप थियो।
ओलीले भनेका छन्, ‘फोन मैले उठाएको थिएँ, तर उहाँ राजेश भन्ठानेर मसित बम्किनुभयो।’

गौतमले आज एक विज्ञप्ति जारी गर्दैआफूले फोन ओलीलाई नभएर ओलीका स्वकिय सचिव राजेश बज्रचार्यलाई गरेको दाबी गरेका छन्।

सोमबार ओलीलाई जवाफ फर्काउँदै गौतमले शाक्यसँग भएको भ्वाइस रेकर्ड सार्वजनिक गर्न समेत चुनौती दिएका छन्। गौतमले मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक आफूलाई प्राप्त भएको र त्योबारे कुरा गर्नका लागि आफूले ओलीलाई फोन गरेको तर नलागेपछि राजेशको नम्बरमा फोन गरेको गौतमको भनाइ छ।

प्रतिक्रिया