February 24, 2025, 9:55 am
» यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने » राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण

पत्रकार महासंघमा १३ महिलासहित ५२ जना निर्वाचित, कसले कति मत पाए ?

पुस १, २०८१ मा प्रकाशित | ९८०दर्शक तीव्रखबर

काठमाडौं– नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिमा १३ जना महिलासहित ५२ जना निर्वाचित भएका छन् । यीमध्ये केही निर्विरोध भएका छन् । आइतबार राति प्रकाशित अन्तिम नतिजा अनुसार निर्मला शर्मा महासंघकी प्रथम महिला अध्यक्ष बनेकी छिन् ।

पत्रकार महासंघको चुनावमा नेकपा एमाले निकट प्रेस चौतारी र नेपाली कांग्रेस निकट प्रेस युनियनले आपसी गठबन्धन गरेका थिए । यसअनुरुप एमाले निकट शर्मा अध्यक्षमा निर्वाचित भइन् भने कांग्रेस निकट रामप्रसाद दाहाल महासंघमा निर्वाचित भए ।

महासंघका निवर्तमान उपाध्यक्ष रमेश विष्ट बागी उम्मेदवारका रुपमा माओवादी निकट प्रेस संगठनको साथ लिएर चुनावी मैदानमा उत्रिएका थिए ।

विष्टको प्यानल पराजित भए पनि कोषाध्यक्षमा भने कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै माओवादी निकट रामकृष्ण अधिकारीले जितेका छन् । त्यस्तै धेरैवटा पदमा ‘बागी’ उम्मेदवारहरुले जितेका छन् । जस्तो– प्रदेश एशोसिएट सदस्यमा बागी उठेको भन्दै एमाले नेता पार्वत गुरुङको समेत खप्की खाएकी मनुका कुँवरले जित हासिल गरेकी छिन्।

प्रतिक्रिया