February 23, 2025, 3:19 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

चेतनारायण आचार्य बन्ने भए लुम्बिनीको मुख्यमन्त्री

साउन ७, २०८१ मा प्रकाशित | १०५०दर्शक तीव्रखबर

बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेशको सरकारको नेतृत्व संसदीय दलका उपनेता चेतनारायण आचार्यले गर्ने भएका छन् ।

यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि केन्द्रको निर्देशनपछि आचार्य मुख्यमन्त्री बन्ने भएका हुन् ।

एमाले र कांग्रेसले आचार्यलाई मुख्यमन्त्री बनाउने गरि दाबि पेश गर्ने तयारी गरेका छन् ।

आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका थिए भने उनी माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए । त्यस्तै त्यसअघि लीला गिरी नेतृत्वको सरकारमा आचार्य ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री थिए ।

एमालेका केन्द्रीय सदस्य समेत रहेका आचार्य अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया