January 22, 2025, 8:09 pm
» भारतमा रेल दुर्घटनाः ११ जनाको मृत्यु, नेपाली पनि परेको आशंका » कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल » एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी » जिपको ढोकाबाट खसेर दुई जना घाइते » जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

मत परिणाममा पत्रकार महासंघको प्रत्याशी विष्टको आपत्ति

मंसिर ३०, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौं– नेपाल पत्रकार महासंघका अध्यक्षका प्रत्याशी रमेश विष्टले ताला बन्दीको विरोध गरेका छन्  ।  भावी अध्यक्षमा निर्मला शर्माले विजय हासिल गर्ने सुनिश्चित भइसकेको अवस्थामा अर्का प्रत्याशी विष्टले महासंघमा गरिएको तालाबन्दीको विरोध गरेका हुन् ।

‘निर्वाचन समितिको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ,’ उनले आपत्ति जनाउँदै भनेको छन्, ‘महासंघको पूर्व अध्यक्ष शिव गाउँले र महेन्द्र विष्ट समेतको संलग्नतामा मत गणना स्थलमा निर्वाचन समिति र एउटा पक्षको उम्मेदवारको मात्रै ताला लगाउनु आपत्तिजनक छ ।’उनले अगाडी भने, ‘अछामको पुनः मत गणना गर्न माग गर्दछु । कोषाध्यक्ष पदको परिणाममा गर्न खोजिएको धाँधली र प्रहरी प्रशासनको दुरुपयोगको आपत्तिजनक छ ।’

प्रतिक्रिया