December 22, 2024, 7:34 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

एबीसी न्यूजले ट्रम्पलाई १५ मिलियन डलर जरिवाना तिर्ने

मंसिर ३०, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

एबीसी न्यूजले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मानहानि मुद्दाको सजायस्वरुप १५ मिलियन जरवाना तिर्नेछ।

एबीसी न्यूजका स्टार एन्कर जर्ज स्टेफानोपोलोसले यस वर्ष मार्च १० मा एक अन्तर्वार्तामा ट्रम्पलाई ‘बलात्कारका लागि जिम्मेवार’ भेटिएको टिप्पणी गरेका थिए।

रकम हस्तान्तरणसँगै एबीसी न्यूजले पनि दुःख व्यक्त गर्दै विज्ञप्ति प्रकाशित गर्ने जनाइएको छ । यसबाहेक एबीसीले ट्रम्पको कानुनी शुल्कका लागि १ मिलियन डलर पनि दिनेछ।एबीसी न्यूजका प्रवक्ताले भने, ‘कम्पनी मुद्दा खारेज गर्न सम्झौता गरेकोमा खुशी छ।’ बीबीसी

प्रतिक्रिया