February 24, 2025, 10:08 am
» यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने » राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण

महोत्तरीमा बस दुर्घटना : २२ जना घाइते

मंसिर ३०, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

बर्दिवास– महोत्तरीमा बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन्।

भिठामोडबाट जनकपुर आउँदै गरेको ना ४ ख १०६९ नम्बरको बस हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका– ६ रातोपुलमा दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।

जनकपुर आउँदै गरेको बस एक्कासि नियन्त्रित भई पुलको रेलिङ तोड्दै बस पल्टिएको हो । जसमा सवार मध्ये  २२ यात्रु घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले घाइतेमध्ये भारत परिहारकी २२ वर्षीया सरिता यादव र कोमल राउत गम्भीर घाइते छन् ।अन्य घाइतेको प्रादेशिक अस्पताल जलेश्वरमै उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया