February 24, 2025, 10:02 am
» यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने » राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण

पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला अध्यक्ष

मंसिर ३०, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

काठमाडौं– नेपाल पत्रकार महासंघकाे ६९ वर्षको इतिहासमा नेपाल पत्रकार महासंघले पहिलो पटक महिला अध्यक्ष पाएको छ । अध्यक्षमा प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनबाट निर्मला शर्मा विजयी भएकी छिन् । उनी यस अगाडिको निर्वाचनमा पनि अध्यक्षका लागि प्रतिस्पर्धा जगरेकी थिइन् । तर तत्कालीन गठबन्धनबाट प्रेस युनियनका विपुल पोख्रेलले जितेका थिए ।

यो पटक शर्माले प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र कांग्रेसको विद्रोही प्यानलबाट उठेका रमेश विष्टलाई १२ सय भन्दा बढी मतान्तरले पराजित गरेकी हुन् । यसको पूर्ण जनकारी दिउँसो १ बजेपछि जानकारी गराइने बताइएको छ ।

आधिकारिक घोषणा नभए पनि निर्मलाको जित सुनिश्चित भएको निर्वाचन आयोगका सदस्यको भनाइ छ । यस्तै, उनको प्यानलबाट अन्य पदाधिकारी पनि विजयी भएको बताइएको छ । तर कोषाध्यक्षमा प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र कांग्रेसको विद्रोही प्यानलबाट रामकृष्ण अधिकारी विजयी भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा निर्मला शर्माको प्यानलबाट दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमेदप्रसाद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन् । यस्तै, सचिवहरू र लेखा समिति संयोजक के.सी. लामिछाने पनि निर्मला प्यानलबाट नै विजयी भएका छन् ।गत शुक्रबार सबै जिल्ला र प्रदेशहरूमा एक साथ निर्वाचन भएको थियो । प्रदेशगत रुपमा र जिल्लागत रुपमा पनि निर्मला समूहका उम्मेदवारहरु नै बढी निर्वाचित भएका छन् ।

प्रतिक्रिया