February 25, 2025, 6:06 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

एमालेमा अराजक प्रवृत्ति हावी भयो : अध्यक्ष ओली

मंसिर ३०, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं : नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुशासित ढंगले एकतावद्ध भएर अगाडि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।  केन्द्रीय संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशाला भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सही विचार र नीति लिएर अगाडि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिएका हुन्।

उनले पार्टीमा खराब प्रवृत्ति मौलाउँदै गएको बताए।  पार्टीले जसरी विकास गर्नुपर्थ्यो त्यसरी विकास गर्न नसकेको उनको भनाइ छ। ‘अहिले पार्टीमा केही प्रवृत्ति देखिएका छन्। पार्टीमा भोटो फटाएको तर नेतृत्व दिन नसक्ने, अर्को भनेको विमति जनाउने तर, सही बाटो के हो ? पहिल्याउन नसक्ने। असहमति राखेर आफूलाई कुछ हौं भन्ने पृथक देखाउन खोज्ने। ‘उनले भने,’यो प्रवृत्ति पार्टी र व्यक्तिगत हिसाबले ठिक होइन।
प्रतिक्रियावादी शक्तिले त विभाजन गर,अन्तरविरोध पैदा गरेर राज गर भन्ने नीति नै हो।अहिलेसम्म विश्वका शक्तिशाली देशहरूले पनि गरिबी निवारण गर्न नसकेको उनको बताए। उनले भने,’सयौं वर्षदेखि समृद्धि हाँसिल गरेर दुनियाँमा विकसित भनेर कहलिएका देशहरूले पनि एक हिस्सा जनताको अवस्था गरिबीबाटमाथि उठाउन सकेका छैनन्।’

प्रतिक्रिया