February 23, 2025, 2:21 am
» प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela

कुशल मल्लको आक्रामक ब्याटिङमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

मंसिर २९, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौं : नेपाल प्रिमियर लिगमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित ओभरको खेलमा ४ विकेट गुमाएर १८० रन बनाएको हो।

चितवनका लागि कप्तान कुशल मल्लले आक्रामक ब्याटिङ गरे। उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। त्यस्तै रवि बोपारा ४४ रन बनाए। ३२ बलमा उनले ५ चौका र १ छक्का प्रहार गरे।

त्यस्तै हसन इसाखिलले २८ रन र सन्तोष कार्कीले १४ रन बनाए। विपिन रावल ३ रनमा आउट भए भने बसिल हमिद १ रन र सोहिल तनवीर ५ रनमा अविजित रहे।जनकपुरका लागि ललित राजबंशीले २ र हर्ष ठाकेर, शेर मल्ल र जेम्स निसमले १-१ विकेट लिए।

प्रतिक्रिया