February 23, 2025, 2:48 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

पोखराले दियो काठमाडौंलाई १३९ रनको लक्ष्य

मंसिर २९, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज बिहानको खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३८ रन बनायो ।

पोखराका लागि रेमन राइफरले सर्वाधिक ४१ रनको योगदान दिए । यस्तै, दिनेश खरेलले ३८ तथा दिलिप नाथले २७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

काठमाडौंका लागि राशिद खान र करण केसीले तीन-तीन तथा जेर्हाड एरास्मस र माइकल लेभिटले एक-एक विकेट लिए ।

पोखरा कुशल भुर्तेल र काठमाडौं करण केसीले कप्तानीमा मैदानमा उत्रिएका छन् । प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौं र पोखराको आजको खेललाई महत्त्वका साथ हेरिएको छ।

एनपील तालिकामा पोखरा र काठमाडौंको समान चारचार अंक छ। आजको खेलमा पराजित टिम प्रतियोगिताबाट बाहिरिने पक्का छ भने विजयी टिमको प्लेअफ सम्भावना अन्य टिमको गतिमा भर पर्नेछ।

दुवै टिमले समान ५ खेल खेलिसकेका छन्। यी टिमको समानता भनेकै चार अंक जोड्दा दुई जित र तीन हार हो। आजको खेल सकिएपछि दुवै टिमले एकएक खेल खेल्न बाँकी हुनेछ। प्लेअफमा पुग्ने सम्भावना दरिलो बनाउन दुवै टिममाथि जित्नैपर्ने दबाब छ।

प्रतिक्रिया