February 23, 2025, 3:14 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

एमपक्स बाट सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघ्योः अफ्रिका सीडीसी

मंसिर २८, २०८१ मा प्रकाशित | ११००दर्शक तीव्रखबर

आदिस अबाबा – अफ्रिकामा यस वर्ष हालसम्म एमपक्सबाट सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघेको छ भने १२ सय जनाको मृत्यु भएको अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (अफ्रिका सीडीसी)ले जनाएको छ ।

अफ्रिका सीडीसीका महानिर्देशक जीन क्यासियाले भने,“अफ्रिकी महाद्वीपमा वर्षको सुरुदेखि ६५ हजार ७११ एमपीक्सका घटनाहरू रिपोर्ट गरिएका छन्, जसमध्ये १४ हजार २४१ जनामा एमपक्स पुष्टि भएका छन् र एक हजार २३७ भन्दा बढीको मृत्यु भएको छ ।

अफ्रिकी सङ्घको विशेष स्वास्थ्य सेवा एजेन्सीको तथ्याङ्क अनुसार गत हप्ता मात्रै, अफ्रिकामा तीन हजार ५४५ नयाँ घटनाहरू रिपोर्ट गरेको छ । कासियाले अफ्रिकी महाद्वीपमा चलिरहेको एमपक्स प्रकोपका कारण मानिसहरू अझै मरिरहेका छन् ।

यसले हालसम्म २० देशहरूलाई प्रभावित पारेको छ । एमपक्स पहिलो पटक सन् १९५८ मा प्रयोगशालामा भेटिएको थियो । यो एक दुर्लभ भाइरल रोग हो ।

प्रतिक्रिया