February 23, 2025, 3:36 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

एनपीएलमा विराटनगरको दोस्रो जित, चितवनलाई धक्का

मंसिर २८, २०८१ मा प्रकाशित | ८२०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं किंग्सले दोस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा विराटनगरले चितवनलाई ५१ रनले हराएको हो। काठमाडौंले यसअघि लुम्बिनीलाई हराएको थियो।

काठमाडौंले १८२ रनको विजय लक्ष्य प्रस्तुत गरे पनि चितवनले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १३० रनमात्र बनाउनसक्यो।

चितवनका लागि अमर रौटेलाले सर्वाधिक ४२ रन बनाए। त्यस्तै कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन र सन्तोष कार्कीले २८ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

विराटनगरका लागि सन्दीप लामिछानेले २ र क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेस बमले एक-एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरको खेलमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको थियो।

विराटनगरका लागि बसिर अहमदले अर्धशतकीय पारी खेले। ४४ बलमा उनले ४ चौका र ४ छक्कासहित ६८ रन अविजित रहे। त्यस्तै राजेश पुलामी मगर ३३ रनमा अविजित रहे। २० बलमा उनले १ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै मार्टिन गुप्टिलले ४५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। चितवनका लागि रिजन ढकालले २ विकेट र सोहिल तनवीर, बसिल हमिद र कुशल मल्लले १ विकेट लिए।

जितसँगै प्लेअफ पुग्ने सम्भावनालाई विराटनगरले जीवित नै राखेको छ भने चितवनलाई भने धक्का लागेको छ। दुवै टोलीले १-१ खेल्न बाँकी छ।

प्रतिक्रिया