February 25, 2025, 6:19 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

माओवादी बैठकको निष्कर्ष : सत्तातिर होइन जनतातिर फर्किऊँ

मंसिर २८, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं– नेकपा माओवादी केन्द्र स्थायी समितिको बैठकले माओवादी सत्तातिर  होइन जनतातिर फर्किनुपर्छ भन्ने सन्देश दिएको बताइएको छ ।

आज बसेको स्थायी समितिको बैठकले स्थानीय चुनाव पार्टीले उत्साहजनक मत ल्याएको निष्कर्ष निकालेको छ ।

बैठकबारे जानकारी दिँदै प्रवक्ता अग्नि सापकोटाले स्थानीय तह निर्वाचनले  दुई दलीय व्यवस्थातर्फ देश जान नसक्ने सन्देश दिएको समेत बताए ।

माओवादी पार्टी सत्तातिर होइन जनतातिर फर्किनुपर्छ भन्ने सन्देश दिएको छ । प्रवक्ता सापकोटाले भने, ‘ यो सरकारप्रति हरेक पक्षमा जनतामा असन्तुष्टि, निराशा र आक्रोश पनि देखिएको छ ।’

सापकोटाका अनुसार पुस २१ गते देखि  पार्टीले  केन्द्रीय समिति समेत बोलाएको छ । त्यसअगाडि पुस १८, १९ र २० गते स्थायी समिति बैठक बोलाएको छ ।

आजको बैठकमा थोरै मेहनत गरेको भए कीर्तिपुरको निर्वाचन समेत जितिने आकलन नेताहरूले गरेका छन् ।

यस्तै आधार इलाकामा पनि जनताका कुरा सुन्न नेताहरू पुगिरहे माओवादीप्रति जनता खुसी रहने छलफल चलेको छ ।

प्रतिक्रिया