February 23, 2025, 3:29 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल अस्पताल भर्ना

मंसिर २८, २०८१ मा प्रकाशित | ८४०दर्शक तीव्रखबर

काठमाडौं– सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माका अनुसार उनलाई छाती र फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

फोक्सोमा समस्या देखिएको छ । छाती दुखेको र ज्वरो आएपछि अस्पताल लगिएको हो । शर्माले भने, ‘गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।’

उनका अनुसार जोशीलाई चिकित्सकको सुझाव अनुसार नै भर्ना गरिएको हो । रास्वपा सभापति रवि लामिछाने भने हिरासतमै छन् । उनको रक्तचाप बढे पनि अस्पताल भर्ना भएका छैनन् । उनलाई चिकित्सकले निगरानी गरिरहेका छन् ।

प्रतिक्रिया