February 25, 2025, 6:00 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

जसपा नेपालका तीन वटा नगर समिति पुनर्गठन

मंसिर २८, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौं – जनता समाजवादी पार्टी, (जसपा) नेपालका तीन वटा नगरसमिति पुनर्गठन गरिएका छन् । ललितपुर महानगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिका र नुवाकोटको बेलकोटगढी नगरपालिकाका नगरसमिति पुनर्गठन गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनले भने, ‘सुरेश डङ्गोलको अध्यक्षतामा १५ सदस्यीय ललितपुर महानगर समिति, गोविन्द यादवको अध्यक्षतामा १३ सदस्यीय बर्दिबास नगरसमिति तथा स्वस्तिका राईको अध्यक्षतामा ११ सदस्यीय बेलकोटगढी नगरसमिति गठन भएको छ ।’त्यसैगरी जसपा नेपालले पार्टीका केन्द्रीय नेतालाई संगठन निर्माण अभियानमा खटाएको र प्रत्येक केन्द्रीय नेतालाई पालिका समिति गठन, पुनःगठनको जिम्मेवारी तोकिएको बस्नेतले बताए।

प्रतिक्रिया