February 23, 2025, 3:30 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स ५ रनले विजयी

मंसिर २८, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई  ५ रनले पराजित गरेको छ।

कर्णाली याक्सले दिएको १२९ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले निर्धारित २० ओभरमा १२३ रन मात्रै जोड्न सक्यो।

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४४ रन जोडेका हुन् । त्यसैगरी अर्जुन घर्तीले २५ बलमा दुई चौका र १ छक्काको सहयोगमा २५ रन बनाए ।ओपनर बाबर हायातले २२ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । त्यसैगरी अर्का ओपनर देव खनाल ३ रनमा आउट भए । चालडिक वाल्टनले १३ रन जोड्दा गुलसन झा ८ रनमा आउट भए । कप्तान सोमपाल कामीले ७ रन जोडे ।

प्रतिक्रिया