February 23, 2025, 3:12 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

११ औं ओभरको समाप्तिमा कर्णालीले चार विकेट गुमायो

मंसिर २८, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार बिहान जारी लुम्बिनी लायन्ससँगको खेलको ११ औं ओभरको समाप्तिमा कर्णालीले चार विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कर्णालीले ११ औं ओभरको समाप्तिमा ५१ रन बनाएर चार विकेट गुमाएको हो ।

२२ बलको सामना गरेका कर्णालीका बाबर हयात एक चौका र एक छक्काको मद्दतमा २० रन बनाउँदा आउट भए । दोस्रो विकेटको रुपमा देव खनाललाई तीन रनमा गुमाएको कर्णालीले तेस्रो विकेटको रुपमा गुल्सन झालाई ८ रनमै गुमाएको हो । कर्णालीले चौथो विकेटका रुपमा चाडविक वाल्टनलाई १३ रनमै गुमाएको हो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेल र साद बिन जफरले एकएक विकेट हात पार्दा तिलक भण्डारीले दुई विकेट लिए ।

प्रतिक्रिया