February 25, 2025, 7:04 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया सुरु

मंसिर २८, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं – सङ्घीय संसद् सचिवालयले प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि आवासीय नेपाली राजदूतमा सिफारिस भएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ ।

संसदीय सुनुवाइ समितिले आज एक सूचना जारी गर्दै राजदूत नियुक्तिका लागि सिफारिस भएका नेपालीलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्रमा उजुरी दिन अनुरोध गरेको छ ।समितिले उजुरी वा सूचना समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयमार्फत पठाउन सकिने जनाएको छ ।

प्रतिक्रिया