February 25, 2025, 7:42 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

गुणस्तरीय खानेपानीको दीर्घकालीन समाधान खोजिँदैछ : मन्त्री यादव

मंसिर २७, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि दीर्घकालीन समाधान खोज्ने काम भइरहेको बताएका छन् ।

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, राष्ट्रिय खानेपानी एवं सरसफाइ उपभोक्ता महासङ्घ (फेडवास)द्वारा संयुक्त रूपमा आयोजना गरिएको ‘खानेपानी तथा सरसफाइ पैरवी राष्ट्रिय शिखर सम्मेलन’ मा उनले सरकारले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने प्रयास गरिरहेको जानकारी दिए।

उनले भने, ‘खानेपानी तथा ढल व्यवस्थापन विभागको तथ्यांक अनुसार करिब २७ प्रतिशत नेपालीले मात्र सुरक्षित खानेपानीको पहुँच पाएका छन् । यसको मतलब अहिले पनि करिब ७३ प्रतिशत नेपाली नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न बाँकी छ । यसलाई सोह्रौँ योजनाको अन्त्यसम्ममा ४५ प्रतिशत पुर्‍याउनका लागि ठोस् नीति, पर्याप्त बजेट, र दिगो योजना आवश्यक छ ।’

खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी  बज्राचार्यले खानेपानी तथा सरसफाइ क्षेत्रले जलवायु परिवर्तन, सीमित बजेट, र जनसङ्ख्याको वृद्धि जस्ता चुनौतीको सामना गरिरहेको बताइन्।

प्रतिक्रिया