December 12, 2024, 1:56 pm
» त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकः त्रिविलाई साँच्चिकै मेरिटोक्रेसीका आधारमा चलाउन कुलपतिको निर्देशन » परराष्ट्रमन्त्रीसँग युरोपियन युनियनका उच्च अधिकारीको भेट » NPL Cricket: Pokhara beats Biratnagar in super over » UN condemns suicide attack on Afghan minister » विपद् व्यवस्थापनमा सहकार्य आवश्यक : गृहमन्त्री

गृहसचिव दुवाडी असक्षम हुँदा गृहप्रशासन अस्तव्यस्त

मंसिर २७, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौं, । गृह सचिव गोकर्णमणि दुवाडीकै कारण गृह प्रशासन फितलो बन्न पुगेको छ ।

प्रहरी प्रशासन चलायमान हुन सकेको छैन । गृहसचिवले प्रहरी प्रशासनभित्रको सुधार गर्नुपर्ने कामहरु गर्नसकेका छैनन्।

गृहसचिव दुवाडीकै लापरवाहिले गर्दा सशस्त्र प्रहरी र नेपाल प्रहरीमा लामो समयदेखि बढुवा रोकिएको छ ।

राजनीतिक भागबण्डाले गर्दा प्रहरीभित्रको मनोबल खस्किएको छ । प्रहरी संगठनलाई चाहिने हात हतियार खरिद प्रक्रिाय अलपत्र परेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा राइट म्यान राइट टु प्लेस जिम्मेवारी पाएका छैनन् ।

प्रहरीमा लामो समयदेखि दर्जन बढि एसएसपी पद रिक्त रहेको छ । सशस्त्र प्रहरीमा डिआईजी रिक्त भएको धेरै भयो ।

सरुवा,बढुवा अन्योलमै परेको छ । यी यस्ता कारणले गर्दा प्रहरीभित्र सरुवा बढुवामा समस्या परिरहेको छ । गृहसविच दुवाडी बदनाम हुँदै गएका छन् ।

गृहमन्त्री र सचिव दुवाडी असक्षम रहेको प्रहरीहरुको गुनासो छ । प्रहरी संगठनहरु ध्वस्त हुँदै गएका छन् ।

गृहमन्त्रालय राजनीतिक दलहरुको छत्रछायाँमा पर्ने गरेको र प्रहरी सरुवा बढुवादेखि प्रहरीको रासन खरिद, लत्ताकपडा खरिद लगायतमा भ्रष्टाचार हुँदै आएको समाचार छ ।

सो भ्रष्टाचार अहिले पनि कायमै रहेको छ । गृहमन्त्री रमेश लेखकले प्रहरीभित्रको विकृति र विसंगति र भ्रष्टाचारलाई नियन्त्रण गर्न सकेका छैनन् ।

प्रहरी सरुवा र बढुवाको लागि अन्तैको इशारामा गृहमन्त्री लेखक चल्ने गरेका छन् ।

गृहमन्त्रालयले गर्नुपर्ने कामहरु गर्न सकेको छैन । दुवै प्रहरी संगठनहरुले सुरक्षाको लागि थप हतियार किन्न सकेको छैन ।

हतियारकै अभावले गर्दा प्रहरीहरुले राम्रोसँग सुरक्षा दिन सकेका छैनन् ।

सुरक्षा निकायभित्र पनि नातावाद र क्रिपावाद हावी हुँदा प्रहरी संगठनहरु चलायमान हुन सकेको छैन ।

प्रहरी संगठन चलायमान हुन नसक्दा सुरक्षामा कमी आएको छ ।

आइजीपी बसन्त बहादुर कुँवरले प्रहरी संगठनभित्रको विकृति र विसंगतिलाई रोकथाम गर्न चालको कदमलाई शक्ति केन्द्रले बाधा पुर्याएको छ । सशस्त्र प्रहरीमा पनि पछिल्लो समय उस्तै समस्यामा गाजिएको छ ।

प्रतिक्रिया