January 22, 2025, 6:56 am
» ‘सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छ’ : मुख्यमन्त्री कार्की » सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु » गौर अस्पतालमा पहिलो पटक आङ्ग खसेको रोगको सफलतापूर्वक अपरेसन » रूपेन्देहीमा रबि लामिछानेको थुनछेक बहस सुरू » सुनको भाउ तोलामा १९ सयले बढ्यो

विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

मंसिर २७, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन बनाएको छ ।

विराटनगरका लागि स्कट एडवार्डस्ले सर्वाधिक ४५ रन बनाए । यस्तै, लोकेश बमले २६, बासिर अहमद २१ र निकोलस किर्तनले १९ रन जोडे ।

पोखराका सागर ढकाल र राइमन रिफरले दुई-दुई तथा कुशल भुर्तेल र दिनेश खरेलले एक-एक विकेट लिए ।

जारी लिगमा विराटनगर र पोखराले अहिलेसम्म समान चार–चार खेल खेलेका छन् जसमा दुवैले एकमा जित र एकमा हार बेहोरेका छन् ।

विराटनगर जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्ससँग पराजित भएको थियो भने लुम्बिनी लायन्समाथि जित निकालेको थियो ।

यस्तै, पोखराले चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्ससँग हार बेहोरेको थियो भने लुम्बिनी लायन्सलाई हराएको थियो ।

प्रतिक्रिया