February 23, 2025, 3:36 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

लिग चरणबाटै बाहिरिने पहिलो टिम बन्यो लुम्बिनी

मंसिर २६, २०८१ मा प्रकाशित | ११७०दर्शक तीव्रखबर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणबाटै बाहिरिने पहिलो टिम लुम्बिनी लायन्स बनेको छ ।

बुधबारको खेलमा काठमाडौं गुर्खाजसँग पराजित भएसँगै लुम्बिनीको प्लेअफको यात्रा टुङ्गिएको हो ।

लिग चरणको एक खेलअगावै लुम्बिनी लिग चरणबाटै बाहिरिने पक्का भएको हो ।

५ खेलमा १ हार ४ जितसहित सुदूरपश्चिम रोयल्स ८ अंकसहित तालिको शीर्ष स्थानमा छ । ५ खेलमा १ हार र चार जितसहित जनकपुर बोल्ट्स ८ अंकसहित दोस्रो स्थानमा छ ।

पोखरा ५ खेलमा ३ जित हात पारेको चितवन राइनोज ६ अंकसहित तेस्रो र ५ खेलमा ३ जित हात पार्ने अर्को टीम कर्णाली अंक ६ सहित तालिकाको चौथो स्थानमा छन् ।

हालसम्म लिग चरणको सर्वाधिक ६ खेल खेलेको लुम्बिनीले ५ हारको अवस्था २ अंक मात्रै जोडेको छ ।

लिग चरणको बाँकी १ खेलमा कर्णाली याक्ससँग जितको अवस्थामा पनि लुम्बिनीको अंक चार मात्रै हुन्छ । सोहीकारण लुम्बिनीले तालिका शीर्ष स्थानमा रहेका चार टिमलाई पछि पार्ने सम्भावना छैन ।

सोहीकारण लुम्बिनी लिग चरणबाटै प्रतियोगिताबाट बाहिरिने पक्का भएको हो । शुक्रबार कर्णालीले प्रतियोगिताको अन्तिम खेल कर्णालीविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया