February 23, 2025, 2:54 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

कास्कीमा भेटिए सबैभन्दा धेरै डेंगु सङ्क्रमित

मंसिर २६, २०८१ मा प्रकाशित | ७७०दर्शक तीव्रखबर

काठमाडौं– सन् २०२४ मा नेपालमा सबैभन्दा धेरै डेंगुको कास्की जिल्लामा भेटिएको छ ।

देशभर ३४ हजार ३८५ जनामा देखिएको डेंगु सङ्क्रमितमध्ये कास्कीमा मात्रै २२.३ प्रतिशत अर्थात् ७ हजार ६६७ जनालाई सङ्क्रमण भएको सरकारी तथ्यांक छ ।

इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार त्यसपछि काठमाडौँ जिल्लामा बढी डेंगु सङ्क्रमित सङ्ख्या देखिएको छ । यहाँ ५ हजार ९१९ जनालाई डेंगु सङ्क्रमण देखिएको हो । चिकित्सकहरूका अनुसार जहाँ अवात-जावत गर्ने सङ्ख्या बढी हुन्छ, त्यहाँ डेंगुको सङ्क्रमण बढी हुने गर्दछ ।

कास्की र काठमाडौँ जिल्ला बढी मानिसको अवात-जवात हुने क्षेत्र हो । डेंगु सङ्क्रमणका कारणले १३ जनाको मृत्यु भएको छ । हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । चिसो मौसम सुरु भएसँगै अहिले यसको सङ्क्रमण घट्दै गएको ईडीसीडीले जनाएको छ ।

प्रतिक्रिया