February 25, 2025, 9:46 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

मंसिर २६, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी मुख्यालय आलोकनगरमा बस्नेछ ।

उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले पछिल्लो समयमा भएका पार्टीका साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, केन्द्रीय नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको जानकारी दिए ।

गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोकेको छैन । आज र भोलि चल्ने बैठकले उक्त एजेण्डालाई प्राथमिकता दिने उनको भनाइ छ ।

पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुङ्गो लगाएको नामावली बैठकले अनुमोदन गर्ने बताइएको छ ।

प्रतिक्रिया