February 25, 2025, 9:21 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

एमाले सचिवालय बैठक सुरू

मंसिर २५, २०८१ मा प्रकाशित | ९६०दर्शक तीव्रखबर

काठमाडौं,  : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ  ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरू भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

आजको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणको ब्रिफिङ, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक जीवन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको छ । अपराह्न ४ बजे बोलाइएको बैठक केही ढिला सुरू भएको हो ।

प्रतिक्रिया