February 25, 2025, 9:00 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

महिला अधिकारमा मङ्गलादेवीको योगदान महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

मंसिर २५, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकास निर्माणमा अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल महिला सङ्घ काठमाडौंले मङ्गलादेवी सिंहको शतवार्षिक जन्मजयन्तीका अवसरमा काठमाडौंको नयाँबानेश्वरमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सो कुरा बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको सालिकमा माल्यार्पणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपालको महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मङ्गलादेवी सिंहको योगदान महत्त्वपूर्ण रहेको बताए ।

उनले राणाकालमै महिलालाई मताधिकार, महिलाका लागि शिक्षा, पैतृक सम्पत्तिमाथिको हकअधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मङ्गलादेवी सिंहले सङ्घर्ष गरेकै कारण उपलब्धि हासिल भएको दाबी गरे ।

उनले अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मङ्गलादेवी सिंहकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको उल्लेख गरे ।

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउन विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला सङ्घको स्थापना भएको थियो।

प्रतिक्रिया