February 25, 2025, 9:46 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

सरकारको काम सन्तोषजनक छैन : कांग्रेस नेता निधि

मंसिर २५, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

जनकपुर, 

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले वर्तमान सरकारको काम, कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । जनकपुरधाममा महेन्द्रनारायण निधीको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण समारोहमा बोल्दै उनले सरकारप्रति असन्तुष्टि पोखेका हुन्।

उनले आफू अहिलेको सरकारले गरेको काम, कारबाहीबाट सन्तुष्ट नरहेका बताए । अहिलेको सरकारबाट आफूले धेरै कामको आशा पनि नगरेको बताए । उनले धेरै आशा गर्दा काम कम हुने र रिस उठ्ने भन्दै धरै कामको अपेक्षा नै नराखेको उल्लेख गरे ।वर्तमान सरकारले सम्झौताअनुसार दुई वर्षपछि इमानदारितापूर्वक सत्ता हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए । सत्ता हस्तान्तरणमा विवाद आउनु नहुनेमा उनले जोड दिए ।

प्रतिक्रिया