February 23, 2025, 3:17 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

सिड्नीमा गुञ्जिंदै समीक्षा अधिकारी

साउन ६, २०८१ मा प्रकाशित | १०२०दर्शक तीव्रखबर

सिड्नी । गायिका समीक्षा अधिकारी आगामी साता अस्ट्रेलियाको सिड्नीमा गुञ्जिने भएकी छन् । फ्लेवर्स अफ नेपालले जुलाई २७ मा आयोजना गर्ने ‘रकु समाज च्यारिटी विथ समीक्षा अधिकारी’ नाममा उनले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछिन् ।

‘हामी समीक्षा जस्तो चर्चित गायिकालाई स्वागत गर्न तयार छौं । उहाँको उपस्थिति र प्रस्तुतिसँग जोडिन पाउनु हाम्रो लागि पनि गौरवको विषय हो,’ फ्लेवर्स अफ नेपालका सञ्चालक राजेश केसीले भने ।

समीक्षाले पनि सिड्नीमा रहेका नेपालीहरुले कार्यक्रम हेर्न आउन सामाजिक सञ्जालमार्फत आग्रह गरेकी छन् ।

फिल्म ‘बोक्सीको घर’मा समावेश ‘बुझिनँ मैले’ गीतबाट समीक्षा पछिल्लो समय थप चर्चामा छिन् ।

प्रतिक्रिया