February 25, 2025, 9:04 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

रवि लामिछानेसँग भोलिबाट पर्सा प्रहरीले लिनेछ बयान

मंसिर २४, २०८१ मा प्रकाशित | ८००दर्शक तीव्रखबर

वीरगञ्ज, 

सहकारी ठगीमा संलग्न रहेको आरोपमा ५२ दिनदेखि हिरासतमा रहेका रवि लामिछानेलाई प्रहरीले पर्सा पुर्‍याएको छ । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा बयान लिनका लागि उनलाई पर्सा लगिएको हो ।जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी कुमोध ढुंगेलका अनुसार, लामिछानेमाथि मंगलबारदेखि बयान सुरु हुनेछ । यही मामिलामा जोडिएका प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पनि अहिले पर्सामा छन् । विभिन्न व्यक्तिका नाममा ऋण लिएर सहकारीको पैसा गोर्खा मिडिया नेटवर्कमा लगिएको अनुसन्धानबाट भेटिएको छ । अनियमितता भएको रकम खर्च हुँदा रवि, छवि लगायत गोर्खा मिडिया नेटवर्कमा सञ्चालक थिए ।
मुख्य आरोपी जिबी राई भने हालसम्म फरार छन् । वीरगञ्जको सानो पाइलामा बचतकर्ताको रकम अनियमितता भएको विषयमा पहिल्यै अदालतमा मुद्दा पुगिसकेको थियो । यद्यपि, फेरि अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले फाइल खोलेको थियो ।

प्रतिक्रिया