February 25, 2025, 10:17 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

मलाई बद्‍नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैलाइयोः प्रधानमन्त्री ओली

मंसिर २४, २०८१ मा प्रकाशित | ८३०दर्शक तीव्रखबर

काठमाडौँ, 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बद्‍नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैलाइएको बताएका छन् । झापाको बिर्तामोडमा एमालेले सोमबार आयोजना गरेको कार्यक्रममा ओलीले आफूविरुद्ध भ्रम फैलाइएको बताएका हुन् ।

विगत चार पाँच वर्षदेखि आफूविरुद्ध कम्बोडियामा पैसा राखेको भनेर भ्रम फैलाउन थालिएको उनले बताए । नक्कली कागजात बनाएर आफूविरुद्ध भ्रम फैलाइएको पनि उनको भनाइ थियो । ‘४.५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर हल्ला चलेको छ । अहिले त्यो एउटा नक्कली चिर्कटो पनि निकालेछन्’- ओलीले भने ।

अनैतिक ढंगले एउटा व्यक्तिलाई कुर्सीमा बसाइदिएर जनता फेरि रैति हुन नसक्ने पनि ओलीले बताएका छन् ।

प्रतिक्रिया