February 25, 2025, 10:20 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

कांग्रेसद्वारा सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्यमा मनोनित

मंसिर २४, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

काठमाडौँ, 

नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीको क्रम सङ्ख्या १९ मा आदिवासी जनजाति समूह महिलातर्फ समावेशी समूहभित्रको प्राथमिकता क्रसं ५ मा नाम रहनुभएका सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्य पदमा मनोनयन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले २०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तर्फबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित विमला गौचनको गत कात्तिक २८ गते निधन भई रिक्त भएको उक्त पदमा थापालाई मनोनित गर्ने निर्णय गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले विधानबमोजिम केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई केन्द्रीय कोषाध्यक्ष पदमा गर्नुभएको मनोनयनलाई बैठकले अनुमोदन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले नेपाल तरूण दलको विधान, २०१० (संशोधन सहित) ९सातौँ संशोधन २०८१-०६-०६० र नेपाल किसान महासङ्घको विधान, २००८ ९संशोधनसहित ९सातौँ संशोधन २०८१०लाई परिमार्जनसहित पारित गरेको छ ।

प्रतिक्रिया