February 25, 2025, 9:55 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादीको बिवाद छताछुल्ल ! पदको लडाइँ उत्कर्षमा

मंसिर २४, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौं, । माधव नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादी पछिल्लो समय बिवाद चुलिएको छ ।

नेकपा एमालेभन्दा फरक हौँ हामी विचार र सिद्धान्त छोड्दैनौं भनेका नेकपा एकीकृत समाजवादीका नेताहरूको अर्थ देखिएन ।

विधानले गरेको व्यवस्थामा २४५ जना केन्द्रीय सदस्य थियो । तर ९३ जनाको केन्द्रीय समितिले ३४५ जना बनाइएको छ ।

१८ जना पदाधिकारी सर्वसम्मत छान्न नसक्दा चुनाव नै गर्नुपर्छ भन्ने रामकुमारी झाँक्री,प्रकाश ज्वाला विजय पौडेलहरू चुनावमा हार बेहोरे ।

पदाधिकारी छान्न निर्वाचन गर्न जो तम्सिए तिनै हारे । पार्टी फुटाउन नलागेका पनि होइनन् । विद्यमान कानुनी जटिलताले एकीकृत जोगियो ।

प्रधानमन्त्री केपी ओलीको एकीकृतका पाँच जना नेतालाई एमालेमा ल्याउने खेल भइरहेको छ ।

अशोक राई जसपाका साथ सांसद जोडेर एमाले कांग्रेसभन्दा ठूलो पार्टी बन्ने सपना पूरा भएन एकीकृतका प्रेम आले पार्टी फुटाउन सहयोग गर भन्दै कांग्रेसका सभापतिसम्म पुगेको खबर  प्रष्ट छाएकाथिए ।

तर, सभापति शेरबहादुर देउवाले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर पाँचौं प्रधानमन्त्री बनाएको गुण सम्झिए ।

अहिले एकीकृतमा परराष्ट्र स्कुल प्रचार अर्थ र संगठन विभागमा पर्ने दौड छ ।

वरिष्ठ नेता झलनाथ खनालदेखि केन्द्रीय सदस्यहरु देखि डा.बेदुराम भुसाल र उपाध्यक्षद्वय राजेन्द्र पाण्डे, जगन्नाथ थपलिया, मेटमणि चौधरीसम्म विभागहरूको महत्व बुझेर पदप्राप्तिका लागि भिडेका छन् ।

संगठन छैन माओवादीले सहयोग गरेर संसदमा १० जना पु¥याएको पार्टीमा स्थानीय तहको उपचुनाव एक्लै भेट्ने हिम्मत भएन कीर्तिपुरको मेयर पदमा माओवादीलाई सघाएर कामनपा १६ को अध्यक्ष पदमा आफ्नो उम्मेदवार मिनबहादुर मानन्धरलाई अगाडि सारेको एकीकृतले जमानत जोगाउन सक्ने संगठन नहुँदा पनि घमण्ड उस्तै छ ।

केन्द्रमा पदका लागि अध्यक्ष र महासचिवलाई धम्क्याउने जिल्लाको संगठनमा कसरी लाग्छन् भन्ने कुरा उपनिर्वाचनको परिणाम प्रमाण हो ।

नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादीको बिवाद  तत्काल साम्य होला जस्तो पनि छैन् । पदको लडाइँ उत्कर्षमा छ । अर्थात छताछुल्ल छ ।

प्रतिक्रिया