February 25, 2025, 10:37 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

प्यालेस्टाइनको पक्षमा प्रचण्ड, इजरायली आक्रमणको विरोधमा गरे हस्ताक्षर

मंसिर २४, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं- एक वर्षदेखि प्यालिस्टाइमाथि आक्रमण गरेर त्यहाँका जनताको इजरायलले गरेको नरसंहारविरूद्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् ।

अन्तर्राष्ट्रिय अदालतबाट पनि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको अवस्थामा प्यालेस्टाइनको पक्षमा हस्ताक्षर गर्ने प्रचण्ड नेपालका पहिलो शीर्ष नेता भएका छन् ।

इजरायलले प्यालेस्टाइनमा गरेको जनसंहारविरुद्ध सोमबारदेखि देशब्यापी हस्ताक्षर अभियान थालिएको छ । उक्त अभियानको प्रचण्डले आफ्नो हस्ताक्षर दिएर रत्नपार्कस्थित उद्घाटन गरेका हुन् ।

यसअघि नेपालले इजरायलले प्यालेस्टाइनमा गरेको आक्रमण र नरसंहारविरुद्ध आफ्नो स्पष्ट धारणा राख्न सकेको छैन । हजारौँ नेपाली नागरिक प्यालेस्टाइनमा श्रमिकका रुपमा कार्यरत छन् ।

२०२३ अक्टोबर ७ मा प्यालेस्टाइनको विद्रोही समूह हमासले लगेका नेपाली युवक विपिन जोशीलाई लगेका थिए । तर अहिलेसम्म उनको अवस्था अज्ञात छ । साताअघि मात्रै नेपालस्थित इजरायली राजदूतले विपिन अझै जीवित रहेको खबर सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया