February 26, 2025, 12:08 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

कुलमान हटाउने अन्तिम प्रयासमा प्रधानमन्त्री ओली

मंसिर २३, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरण (एनईए)का प्रबन्ध निर्देशक कुलमान घिसिङलाई जिम्मेवारीबाट हटाउने अन्तिम तयारीमा लागेका छन् ।

चीन भ्रमणबाट बिहीबार (मङ्सिर २० गते) स्वदेश फर्किएलगत्तै ओलीले घिसिङलाई हरहालतमा हटाउनेगरी ‘अन्तिम योजना’ बनाइरहेका प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

यसैका लागि ओलीले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री रहेका नेपाली काङ्ग्रेसका सांसद् दीपक खड्कालाई आफू चीनमै रहेका बेला १९ मङ्सिरमा प्राधिकरणमा कार्यकक्ष बनाए छिर्न अह्राएका थिए । ओलीकै निर्देशनबमोजिम मन्त्री खड्काले कुलमान नभएको मौका छोपी कार्यकक्ष बनाएर प्राधिकरण छिरेका थिए ।

एमाले सांसद्‌ ऋषिकेश पोखरेल सभापति रहेको संसद्‌को सार्वजनिक लेखा समितिबाट पूर्वनिर्धारित कारबाही गर्न नसकेपछि मन्त्री खड्काले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमानसँग असोज २३ गते १५ बुँदे र कात्तिक १३ गते सात बुँदे स्पष्टीकरण मागेका थिए ।

प्रतिक्रिया