February 26, 2025, 12:41 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

कसिंगर बनेका सिग्देल शहरीमा सरुवा

मंसिर २३, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानु अघि गत मंसिर १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त शहरी विकास मन्त्रालयको सचिवमा गोपाल प्रसाद सिग्देललाई सरुवा गरेको छ ।

गत मंसिर १३ गते शहरी विकास सचिव मणिराम गेलालको अनिवार्य अवकाश पछि मन्त्रालय सचिवविहीन बन्न पुगेको थियो ।

सचिव सिग्देललाई जल तथा ऊर्जा आयोगबाट शहरी विकास मन्त्रालयमा सरुवा गरिएको हो । प्राविधिक क्षेत्र (इन्जिनियरिङ सेवा) का सचिवहरुमा सिग्देल अनुभवी र वरिष्ठ मानिन्छन् ।

२०७८ सालमा सचिवमा बढुवा भएका सिग्देल आगामी २०८३ असोज १९ गते अवकाश हुँदैछन्

खानेपानी समूहबाट सडक विभागमा प्रवेश गरेका सिग्देल सडक विभागको महानिर्देशक, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव, सिंचाई सचिव, उर्जा सचिव नेपाल ट्रष्ट हुँदै पछिल्लो समय भौतिक पूर्वाधार मन्त्रालयबाट चार महिना अगाडि ऊर्जा मन्त्रालयको सचिवमा सरुवा भएका थिए ।

सचिव सिग्देललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरुवा गरेका थिए ।

भौतिकबाट ऊर्जा सचविमा सरुवा भएको केही समय पछि ऊर्जामन्त्री दिपक खड्काले जल तथाऊर्जा आयोगको सचिवमा सरुवा गरी ऊर्जा सचिवमा सुरेश आचार्यलाई भित्र्याएका थिए ।

पछिल्लो सात महिनामा चार पटक सरुवा भएका सिग्देललाई कर्मचारीहरुसँग समन्वय गर्न नसकेको आरोप लागेको छ ।

ऊर्जामन्त्री खड्काले डेढ महिनामै जल तथा ऊर्जा आयोगमा सरुवा गरेका सचिव सिग्देल अव भने तत्कालै सरुवा नहुने जानकारहरुले बताएका छन् ।

भौतिकमा जस्तै प्रशस्त बजेट भएको शहरी विकास मन्त्रालयमा सिग्देलले उपप्रधान तथा शहरी विकास मन्त्रीलाई रिझाउन र खुसी बनाउन सके करिव २ वर्ष सचिव बन्ने बताइएको छ ।

शहरी विकास सचिव बन्न नेपाल ट्रष्टका रामआधार साह, राष्ट्रिय सर्तकता केन्द्रका सचिव सर्जु वैद्य र विश्वबाबु पुडासैनीले इच्छा देखाए पनि मन्त्री सिंहले आस्था र वरिष्ठतालाई रोजेर न्याय गरेको सिंहदरबारमा चर्चा चलेको छ ।

पटक–पटक मन्त्रीहरुको फुटबल बनेका सचिव सिग्देललाई मन्त्री दाहाल र खड्काको स्वार्थ पूरा गर्न नसक्दा कसिंगर बनेको समाचार श्रोतले बताएको छ ।

सचिव सिग्देललाई बुढानिकलण्ठको आर्शिवाद रहेको बताइए पनि काँग्रेसी मन्त्रीले नरुचाउनुको कारण भविष्यले बताउने चर्चा चलेको छ ।

प्रतिक्रिया