February 26, 2025, 12:20 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

संविधान संशोधनमा माओवादीसँग कुरा मिल्दैन : महासचिव पोखरेल

मंसिर २३, २०८१ मा प्रकाशित | ७८०दर्शक तीव्रखबर

दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान संशोधन राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि अघि बढ्ने बताएका छन्।

दाङको लमहीमा आइतबार नेकपा एमाले क्षेत्र नम्बर १ समन्वय कमिटीले आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले संविधान संशोधनको काम उचित समयमा सुरु गरिने बताएका हुन्।

‘हामी दुई वटा राजनीतिक दल मिल्नुको कारण सरकार मात्रै होइन। राजनीतिक स्थायित्वको आधार तयार गर्न संविधान र कानुनमा सुधार गर्ने गरी दुई ठूला दलको बीचमा समिकरण बनेको हो। उनले भने, ‘राष्ट्रिय सभामा हाम्रो पक्षको दुई तिहाइ छैन। दुई तिहाइ नपुग्दासम्म संविधान संशोधनको  एजेन्डा अघि बढ्न सक्दैन। संविधान संशोधनको विषयमा माओवादीसँग कुरा मिल्ने स्थिति छैन। डेढ वर्ष पछाडि राष्ट्रिय सभाको निर्वाचनपछि त्यहाँको संरचना बदलिन्छ, त्यसपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ।

’महासचिव पोखरेलले एमालेलाई आगामी ८४ को निर्वाचनमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने दिशामा अहिले देखिनै सशक्त भएर खट्न कार्यकर्तालाई निर्देशन दिए। उनले अहिले सरकारमा रहेका दलहरु एक्लाएक्लै प्रतिस्पर्धा हुने बताए। ‘अहिले हामी कांग्रेससंग मिलेका छौं। तर, चुनावको बेलामा हामी एक्लाएक्लै लड्ने हो। एमालेको उम्मेदवार कांग्रेसको चुनाव चिन्हमा लड्ने कुरा गल्ति हो। एमाले-कांग्रेस जस्ता पार्टी अर्काको चुनाव चिह्नमा आफ्ना उम्मेदवार खडा गर्ने कुरा चाहिँ उचित कुरा होइन।’

प्रतिक्रिया