February 25, 2025, 11:56 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

रविलाई म्याद थपका लागि अदालतमा पेस गरिँदै

मंसिर २३, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं– सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज म्याद थपका लागि कास्की जिल्ला अदालतमा पेस गरिँदैछ ।

पछिल्लो पटक मंसिर ९ गते थपिएको १५ दिनको म्याद शुक्रबारबाट सकिएपछि आज पुनः म्याद थपका लागि प्रहरीले अदालतमा पेस गर्न लागेको हो ।

लामिछानेमाथि काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र वीरगञ्जको सानो पाइला सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत अपचलन गरेको आरोप छ । लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।

लामिछानेमाथि काठमाडौं, पोखरा, चिवत र रुपन्देहीमा बयान भइसकेको छ भने पर्सा जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेकाले म्याद थप पछि वीरगञ्ज लैजाने प्रहरीको तयारी छ ।लामिछाने सहकारी गठी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया