February 26, 2025, 12:09 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

संविधान संशोधनको प्रक्रिया सुरु भइसकेको छ, अनावश्यक भ्रम नछरौं : महामन्त्री थापा

मंसिर २२, २०८१ मा प्रकाशित | १७००दर्शक तीव्रखबर

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनको प्रक्रिया सुरु भइसकेकोले भ्रम नछर्न आग्रह गरेका छन्। शनिबार विराटनगरमा नेपाली कांग्रेस कोशीको प्रथम प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कांग्रेस र एमालेबीचको गठबन्धन मुलुकको लागि गरिएको बताएका हुन्।

सरकारले विधिको शासन कायम गर्न लाग्नुपर्ने उनको भनाई छ। उनले अपराध र भ्रष्टाचार गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउनै पर्ने बताए। थापाले बीआरआईको सम्झौताबारे अनावश्यक भ्रम र आक्षेप आएकाले संसदमा लगेर छलफल गराउनुपर्ने धारणा राखे।

नेपाली कांग्रेस कोशी प्रदेश समितिले आयोजना गरेको सम्मेलनमा सहभागी केन्द्रीय नेताहरूले पार्टीलाई एक जुट र एकतावद्ध बनाउन सबैले आ-आफ्नो तहबाट प्रयास गर्नुपर्ने जिकिर गरेका थिए। अहिले पनि पार्टीभित्र गुट उपगुटको झगडा रहेकाले नेतृत्वले पार्टीलाई एकताबद्ध बनाउन योजना ल्याउनुपर्ने बताएका थिए।

प्रतिक्रिया