February 26, 2025, 12:30 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

राष्ट्रिय सहमतिमा शान्तिप्रक्रिया टुङ्ग्याइनेछ : प्रचण्ड

मंसिर २२, २०८१ मा प्रकाशित | ७२०दर्शक तीव्रखबर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक भएकाले सहमतिमा नै त्यसलाई निष्कर्षमा पुर्‍याइने बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा सभा तथा प्रथम राष्ट्रिय परिषद् बैठकमा उनले अन्तिम चरणमा पुगेको शान्तिप्रक्रियालाई टुङ्ग्याउन राष्ट्रिय एकता र सहमति अपरिहार्य भएको बताए।

अध्यक्ष दाहालले अन्तिम चरणमा पुगेको शान्ति प्रक्रियालाई राष्ट्रिय समहतिबाटै टुंगोमा पुर्‍याउनुपर्छ’, उनले भने। ‘एकता प्रक्रियामा जोडिएका शिक्षकलाई स्वागत गर्दै उनले यसले बृहत् एकताको बाटो फराकिलो बनाउने बताए’।

आफू प्रधानमन्त्री भएका बेला विद्यालय शिक्षा विधेयक संसद्मा  दर्ता भएको जानकारी दिँदै उनले यसलाई पारित गराउन फेरि एकपटक सबैले बल गर्नुपर्नेमा जोड दिए।

‘विधेयक अझै पूर्ण नभएको भनी शिक्षक आन्दोलन भइहेको छ, शिक्षकका माग समेटेर संशोधित विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गर्नुपर्छ’, उनले भने। यो विधेयक पारित गराउन आफूले हरसम्भव प्रयत्नज गर्ने प्रतिबद्धता व्यक्त गरे ।

माओवादी केन्द्रको विचारसँग सहमत भएका शिक्षकहरूको सङ्गठन एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल समाजवादी पार्टी निकट शिक्षक समाजबीच एकता घोषणा गरिएको छ । समाजका सबै तहका कमिटी सङ्गठनमा समाहित भएका छन् ।

सङ्गठनका अध्यक्ष शङ्कर अधिकारी र  समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गरे । सो क्रममा दुवै सङ्गठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबीच एकता भएको घोषणा गरिएको थियो ।

सङ्गठनका अध्यक्ष अधिकारीले शिक्षकका अधिकारका निम्ति एकता आवश्यक भएको बताए। समाजका अध्यक्ष गौतमले शैक्षिक आन्दोलनलाई अघि बढाउन एकताबद्ध पहलको खाँचो औँल्याए ।

प्रतिक्रिया