February 23, 2025, 8:25 am
» झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing » रौतहटमा अबैध सालको काठ सहित २ जना पक्राउ

दबाबमा लुम्बिनी : दुवै ओपनरलाई शून्यमै गुमायो

मंसिर २१, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौं- नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबारको दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच जारी छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिलो ब्याटिङ राजेको लुम्बिनीलाई २ दशमलव २ आभेरमै दोस्रो झट्का लागेको छ ।

ओपनर आशुतोष घिरिया पहिलो ओभरको तेस्रो बलमा शून्य रनमै विपिन खत्रीको बलमा आउट भए । उनले तीन बल खर्चिए ।

त्यस्तै अर्का ओपनर तथा भारतीय ब्याटर उन्मुक्त चन्द पनि विपिनकै बलको शिकार भएका हुन् । उनले पनि खाता खोल्न सकेनन् । ४ बल खेलेर पवेलियन फर्किए ।घिराइया र चन्द आउट भएपछि अहिले लुम्बिनीका लागि कप्तान रोहित पौडेल सन्दीप जोराले क्रिजमा खेलिरहेका छन् ।

प्रतिक्रिया