February 26, 2025, 12:42 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

रविलाई भेटेपछि बाबुरामले भने, ‘उहाँमाथि राजनीतिक प्रतिशोध साँधिएको आशंका छ’

मंसिर २१, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन्।

लामिछानेसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको हो कि भन्ने आशंका उत्पन्न गराएको बताए।

भट्टराईले प्रहरीको हिरासतमै पुगेर पूर्वगृहमन्त्री लामिछानेलाई भेटेका हुन्।

उनले सहकारी समस्यालाई सरकारले विषयान्तर लागेको लागेको दाबी गरे।

उनले सहकारीको रकम हिनामिना गर्नेहरु राज्य सत्ताका आसेपासे भएको र उनीहरुलाई उन्मुक्ति दिने र विपक्षीमाथि प्रतिशोध साँध्ने काम भएको बताए ।

प्रतिक्रिया