February 26, 2025, 12:10 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

रविलाई भेट्न बाबुराम भट्टराई पोखरामा

मंसिर २१, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई भेट्न पोखरा पुगेका छन् ।

उनी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष लामिछानेलाई भेट्न शुक्रबार पोखरा पुगेका हुन् ।

रास्वपाका नेता दिपक बोहराले जिल्ला प्रहरी कार्यालयको गेटभित्र प्रवेश गर्दै गरेको पूर्वप्रधानमन्त्री भट्टराई सवार गाडीको भिडियो सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत् सार्वजनिक गरेका छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई कास्की जिल्ला प्रहरी कार्यालयमा,’ उनले लेखेका छन् ।

प्रतिक्रिया