February 26, 2025, 12:15 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

काठमाडौँ आइपुगे भुटानका राजा

मंसिर २१, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं- भुटानका राजा जिग्मे केशर नामग्याल वाङचुक काठमाडौँ आइपुगेका छन्। भुटानी राजालाई स्वागत गर्न परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्।

उनी नयाँ दिल्लीबाट ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट काठमाडौं आएका हुन्।

उनले बिहीबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए।

काठमाडौँमा उनी बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न जानेछन्। भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारीलगायत सदस्य रहेका बताइएको छ।

केही घन्टामात्र नेपालमा बिताएर भुटानी राजा आज नै भुटान फर्कने कार्यक्रम छ।

प्रतिक्रिया