January 22, 2025, 10:04 am
» चितवनमा गैंडाको आक्रमणबाट मृत्यु » प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

डिआर कङ्गो अज्ञात घातक रोगका कारण ‘अधिकतम सतर्कता’ मा

मंसिर २१, २०८१ मा प्रकाशित | ८५०दर्शक तीव्रखबर

डेमोक्रेटिक रिपब्लिक अफ कोङ्गो (डिआर कङ्गो) ले एक रहस्यमय रोगप्रति ‘अधिकतम सतर्कता’ घोषणा गरेको छ । उक्त एक महिनाभन्दा कम समयमा केही दर्जन मानिसको मृत्यु भएको छ ।

यस रोगले फ्लूजस्ता ज्वरो, खोकी र टाउको दुख्ने लक्षणहरू निम्त्याउँछ र कङ्गोका अधिकारीहरूले यसलाई ‘अज्ञात सार्वजनिक स्वास्थ्य घटना’ भनेका छन् ।

पहिलो पटक अक्टोबरको अन्त्यतिर पत्ता लागेको मामिलाहरू अहिलेसम्म राजधानी किन्सासाबाट करिब सात सय किलोमिटर दक्षिणपूर्वमा रहेको पान्जी क्षेत्रमा सीमित छन् ।

“हामी अधिकतम सतर्क छौँ, हामी यसलाई महामारीको स्तर मान्दछौँ, यसलाई हामीले निगरानी गर्न आवश्यक छ”, स्वास्थ्यमन्त्री स्यामुएल रोजर कम्बाले किन्सासामा पत्रकारहरूलाई भन्नुभयो, “स्वास्थ्य केन्द्रमा हामीले २७ जनाको मृत्यु भएको गणना गरेका छौँ ।”

उहाँले समुदायमा थप ४४ जनाको मृत्यु भएको तर ‘अन्य सम्भावित कारणहरू’ यसमा संलग्न हुनसक्ने बताउनुभयो ।

यस क्षेत्रमा सडकमार्फत पुग्न गाह्रो छ र स्वास्थ्य पूर्वाधारको अभाव छ । बासिन्दाले पिउने पानी र औषधिको अभाव पनि भोग्नुपरेको छ ।

मन्त्री कम्बाका अनुसार यस क्षेत्रका ६० प्रतिशतभन्दा बढी मानिस विशेष गरी बालिबालिकाहरू कुपोषणबाट पीडित छन् । यो देशमा सबैभन्दा बढी दर हो ।

यस क्षेत्रले दुई वर्षअघि नै गम्भीर टाइफाइड ज्वरोको महामारी भोगेको उहाँले स्मरण गर्नुभयो ।

प्रारम्भिक तथ्याङ्कअनुसार अज्ञात रोगले विशेष गरी युवा मानिसहरूलाई असर गर्छ । यसमा ४० प्रतिशत मामिला पाँच वर्षमुनिका छन् ।

एपिडेमियोलोजिस्टहरू नमूना सङ्कलन गर्न पान्जी पठाइएको छ ।
मन्त्री कम्बाका अनुसार विशेषज्ञहरूले कोरोना भाइरसलाई अस्वीकार गरेका छन् तर यो श्वासप्रश्वास प्रणालीलाई असर गर्ने रोग हो भन्ने निष्कर्षमा पुगेका छन् ।

स्वास्थ्य केन्द्रमा २७ जनाको र १७ जनाको श्वासप्रश्वासको समस्याका कारण मृत्यु भएको मन्त्रीले जानकारी दिनुभयो । गम्भीर रक्तअल्पताका कारण १० जनाको मृत्यु भयो ।

विश्वको सबैभन्दा गरिब देशहरू मध्ये एक डिआर कङ्गो हालैका महिनाहरूमा एमपक्सको प्रकोपको केन्द्रविन्दुमा रहेको छ । एमपक्सबाट एक हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया