February 26, 2025, 12:27 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

बीआरआई सम्झौतामा प्रधानमन्त्रीले ऋण होइन भनिसकेपछि टिप्पणी गर्न आवश्यक छैनः खतिवडा

मंसिर २१, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बीआरआई सम्झौतामा प्रधानमन्त्रीले ऋण होइन भनिसकेपछि अरुले अनावश्यक बोल्न आवश्यक नरहेकोबताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋण सम्बन्धी कुनै सम्झौता नभएको स्पष्ट पार्नुभएको थियो । चार दिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले चीन भ्रमणपूर्व नै कुनैपनि ऋण नलिने भनिसकेको र ऋणको बारेमा चीन भ्रमणमा कुनै सम्झौता नभएको दाबी गर्नुभएको छ ।

उहाँले भ्रमणमा बीआरआईअन्तर्गत गरिएका सम्झौताअनुसार नेपालले पाउने सबै रकम अनुदान भएको बताउनुभयो । तर भ्रमणका क्रममा चीनसँग भएको बीआरआईसम्बन्धी सम्झौताका विषयमा टीकाटिप्पणी सुरु भइसकेको छ ।

यहि प्रसंगमा नेता खतिवडाले परराष्ट्रसचिवमार्फत हस्ताक्षर गरेर फर्किनुभएका प्रधानमन्त्रीले नै ऋण लिने सम्झौता होइन भनेपछि विभिन्न कुराहरु फैलाउनुको तुक नभएको तर्क गर्नुभएको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुरा गर्दै खतिवडाले कांग्रेस र एमालेबीच अहिले ऋण लिने अवस्था सरकारको छैन भन्नेबारे भएको सहमति अनुसार नै चीनमा सम्झौता भएकोसमेत नेता खतिवडाको दाबी छ ।

यस्तै अर्को प्रसंगमा नेता खतिवडाले अहिले गठबन्धनको विकल्प नखोजेको स्पष्ट पार्नुभएको छ वर्तमान सरकारलाई २०८४ सम्मै चलाउनेपक्षमा कांग्रेस इमानदारका साथ रहेको समेत उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले पनि हिजो १८ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने स्पष्ट पार्नुभएको थियो ।

बाहिर आइरहेका विभिन्न किसीमका हल्लाहरुमा सत्यता नभएको बताउँदै नेता खतिवडाले गठबन्धनमा कुनै समस्या र दरार नआएको र नआउने पनि विशवास दिलाउनुभयो ।

प्रतिक्रिया