February 26, 2025, 1:41 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

भुटानका राजा भोलि काठमाडौं आउँदै, बौद्ध र स्वयम्भूनाथको दर्शन गर्ने

मंसिर २०, २०८१ मा प्रकाशित | १४५०दर्शक तीव्रखबर

काठमाडौं : भुटानका राजा जिग्मे वाङचुक भोलि बिहान नेपाल आउने भएका छन्। ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट उनी शुक्रबार बिहान काठमाडौं आउने भएका हुन्।

भारत भ्रमणमा रहेका भुटानी राजा वाङचुक भोलि दिल्लीबाट काठमाडौं आउने भएका हुन्। काठमाडौं आएपछि उनी बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न जाने छन्। भुटानी राजा वाङचुक १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै काठमाडौं आउन लागेका हुन्।

भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारी लगायत सदस्य रहेका छन्।भुटानका राजा नेपाल आउने भएसँगै गृह मन्त्रालयले उनका लागि उच्च सुरक्षा व्यवस्था कायम गरेको छ।

उनका सुरक्षाका लागि तीनवटै सुरक्षा निकाय खटिने छन्। भुटानी राजा दर्शनका लागि जाने बौद्धनाथ, स्वयम्भूनाथ र त्यस आसपासका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। भुटानी राजा वाङचुक भोलि अपराह्न नै भुटान फर्कने छन्।

प्रतिक्रिया