February 26, 2025, 1:59 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

एक्लै चुनाव लड्न सकिने अवस्था बन्यो : माओवादी

मंसिर २०, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं– नेकपा माओवादी केन्द्रले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले उत्साहित बनाएको जनाएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले उपनिर्वाचनको परिणामबाट एक्लै चुनाव लड्न सकिने अवस्था सिर्जना भएको निष्कर्ष निकालेको हो ।

कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

‘माओवादी एकताबद्ध भएर जनतामा गएको छ । यसले सकारात्मक नतिजा दिएको छ । पहिला हामीले जितेको आठ वटा थियो अहिले १२ वटा भएको छ’, सापकोटाले बैठक पछि भने, ‘एक्लै चुनाव लड्दा जनताले साथ दिएका छन् । सबै पार्टी मिल्दा पनि हाम्रै पार्टीले विजय हासिल गरेको छ । यसले बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको आधार उपचुनावले दिएको छ ।’  उनले उपनिर्वाचनले ०८४ को तयारीका लागि राम्रो सन्देश दिएको समेत उल्लेख गरे ।बैठकले, ऊर्जा मन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणको भवनमा अलग कार्यालय खोलेकोमा असन्तुष्टि जनाएको छ ।

प्रतिक्रिया