February 24, 2025, 6:32 am
» पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

टर्कीमा विषाक्त मदिरा सेवनले १७ जनाको मृत्यु

मंसिर २०, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

टर्कीका मिडियाहरूले बिक्री गरिएको विषाक्त मदिरा सेवनले कम्तीमा १७ जनाको मृत्यु भएको र अन्य २२ जना अस्पतालमा उपचाररत रहेको बताएका छन् ।

राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीका अनुसार मादक पेय पदार्थ आपूर्ति गरेको आशङ्कामा आठ जनालाई हिरासतमा लिइएको छ ।

गत हप्ता अधिकारीहरूले ४१० लिटर इथानोल र मेथानोल, १६५ बोतल अवैध मदिरा र मदिरा उत्पादनका उपकरणहरू जफत गरेको घोषणा गरेका थिए ।

टर्कीमा अवैध उत्पादित मदिराबाट हुने विषाक्तता सामान्य छ । यहाँ सरकारले मदिरामा कर बढाएपछि निजी उत्पादन तीव्र रूपमा बढेको छ ।

सन् २०२१ को अन्त्यमा विभिन्न क्षेत्रमा केही दिनको अन्तरालमा कम्तीमा २५ जनाको मृत्यु भएको थियो । त्यसको एक वर्षअघि मदिरा विषाक्तताका कारण करिब ४० जनाको मृत्यु भएको थियो ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले प्रायः मदिरा र सुर्तीजन्य सेवनको आलोचना गर्नुभएको छ । उहाँमाथि आधिकारिक रूपमा धर्मनिरपेक्ष राज्यमा समाजलाई इस्लामीकरण गर्ने प्रयास गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया