February 24, 2025, 9:27 am
» पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी

भारतमा पहिरोमा फसेका चारवटा शव फेला

मंसिर १८, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

नयाँदिल्ली,   : भारतको दक्षिणी राज्य तमिलनाडुमा उद्धारकर्ताहरूले पहिरोमा फसेका चारवटा शव निकालेको बताएका छन् ।

तमिलनाडुको राजधानी चेन्नईबाट करिब १९५ किलोमिटर पश्चिममा रहेको तिरुवन्नमलाईमा आइतबार भारी वर्षा पछि आएको पहिरोले एउटा आवासीय भवनमा ढुङ्गा खसेको थियो, जसमा सात जना फसेका थिए ।

अधिकारीहरूले सोमबार ठूला चट्टानहरूले स्क्यानिङ मेसिनहरूलाई फसेका मानिसहरूलाई पत्ता लगाउन गाह्रो बनाइरहेका बताएका छन् ।

तिरुवन्नमलाईमा सोमबार दोस्रो पहिरो गएको अधिकारीहरूले बताएका छन् । दुर्घटनामा कुनै मानवीय क्षति भए नभएको तत्काल थाहा नभएको अधिकारीहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया